arrow

नेपालमा राजस्थानको प्रभाव, वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
cold-weather.jpg

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । 

यही कारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यता सफा रहेको छ । 

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बाँकी भू-भागका आंशिक बदली रहनेछ । 

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
   
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ । 

कोशी र गण्डकी प्रदेको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ