arrow

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला शुक्रबारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
tata-2080-08-14.jpeg

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालीले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । 

यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्ससँग साट्न सकिनेछ । 

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गर्न लागिएको हो । 

मेला यही मंसिर १५ गतेदेखि मंसिर १७ गतेसम्म काठमाडौँ, भक्तपुरलगायत नेपालभर टाटा मोटर्स्को शोरुमहरुमा आयोजना गर्न लागिएको सिप्रदीले जनाएको छ । 

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । 

साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्रमार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन् ।  

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्स्को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन, टेष्ट ड्राइभ तथा सट्टापट्टा गर्न सक्ने पनि सिप्रदीले जनाएको छ । 

साथै नयाँ गाडी खरिद गरी मेलाको भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ