arrow

कानूनमा ‘बिहेबारी बीस वर्ष पारी’, व्यवहारमा ‘बीस वर्षभित्रै आमा’ 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० मंसिर १४ बिहिबार
aama-mother.jpg
तस्बिर – सांकेतिक ।

दार्चुला । ‘बिहेबारी बीस वर्ष पारी’ भन्ने नारा कानूनमा उल्लेख गरिए पनि दार्चुलामा भने २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दो छ । पछिल्लो तीन वर्षको अवधिमा ८ सय ७० जना किशोरी २० वर्ष मुनि नै आमा बनेका स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

आर्थिक वर्ष २०७७–०७८ मा जिल्लाभर २ हजार ६ सय ९५ महिला गर्भवती भएकोमा ३ सय ३७ जना गर्भवती २० वर्ष मुनिका थिए । यस्तै आर्थिक वर्ष २०७८–०७९ मा जिल्लाभर २ हजार ३ सय ६९ महिला गर्भवती भएकोमा २ सय ९७ जना गर्भवती २० वर्षमुनिका थिए । 

यस्तै आर्थिक वर्ष २०७९–०८० मा २ हजार २२ महिला गर्भवतीमा २ सय ३६ जना २० वर्षमुनिका गर्भवती रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

स्वास्थ्य संस्थामा दर्ता भएका तथ्यांकले १७ वर्षदेखि लिएर २० वर्षसम्मका महिलाहरु पनि आमा बन्ने गरेको पाइएको छ । यसरी हेर्दा आर्थिक वर्ष २०७७–०७८ मा १२ दशमलव ५० प्रतिशत महिला २० वर्षमुनिका गर्भवती रहेका छन् भने आर्थिक वर्ष २०७८÷०७९ मा आउँदा यो संख्या बढेर १२ दशमलव ५३ प्रतिशत पुगेको छ । 

यस्तै गत आर्थिक वर्ष २०७९–०८० मा ११ दशमलव ६७ प्रतिशत २० वर्षमुनिका गर्भवती महिला रहेका छन् ।

जिल्लाभरका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० वर्ष मुनिका किशोरीहरूको संख्यामा कमी आउन नसकेको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।

 ‘जिल्लामा किशोरावस्थामा सुत्केरी हुने दर घट्न सकेको छैन, पछिल्ला वर्षमा १२ प्रतिशत २० वर्ष मुनिका किशोरी गर्भवती भइरहेका छन्, यसले जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ’, उनले भने ।

किशोरी अवस्थामा प्रजनन अंगहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारण गर्नु निकै जोखिमपूर्ण हुने स्वास्थ्यकर्मी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ