arrow

काँग्रेस सभापति देउवालाई मानार्थ विद्यावारिधि

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
deuba-new-aaa.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको छ । नेहरु विश्वविद्यालयमा आज आयोजित विशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । 
 
 
यो उपाधिबाट सम्मानित हुने सभापति देउवा पहिलो नेपाली हुन् । यसअघि यो उपाधिबाट नोबेल पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकी र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलाम सम्मानित भएका थिए । 
 
सभापति देउवालाई नेहरु विश्वविद्यालयले प्रदान गरेको यो सम्मानप्रति काँग्रेसले विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरेको छ । रासस 
तस्विर सौजन्यः शंकर तिवारी। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ