arrow

एफबीआइबाट सफाइ पाएपछि हिलारी क्लिन्टन अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने सम्भावना

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
hilary.jpg.jpeg
काठमाडौं । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले अमेरिकी राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा सफाइ दिएको छ । 
 
एफबीआईले मतदानको दुई दिन पहिले हिलारीको ईमेलमा आपराधिक विषय केही नरहेको भन्दै सफाई दिएको हो ।
 
योसंगै क्लिन्टन अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने सम्भावना बढेको छ । 
 
क्लिन्टनले प्रयोग गरेका ईमेलमा आपराधिक कुराको कुनै प्रमाण नमिलेको एफबीआईले प्रष्ट गरेको छ ।
 
 
यसअघि एफबीआईले निर्वाचनको ११ दिन पहिले फेरि ईमेल जाँच थालेपछि एकाएक क्लिन्टनको पक्षमा केही गिरावट आएका थियो । 
 
 रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने धमाधम क्लिन्टनलाई गाली गर्दै आइरहेका छन् । 
 
अमेरिकामा मंगलबार राष्ट्रपतिको मतदान हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ