धुन्चे (रसुवा)। आयोजना निर्माणका क्रममा विस्थापित भएको परिवारलाई साञ्जेन जलविद्युत् आयोजनाले पुनर्वास गराउने कार्य सम्पन्न गरेको छ । उक्त आयोजनाका प्रमुख गिरिराज अधिकारीका अनुसार ५७.१ मेगावाट क्षमताको आयोजनाको आधार इलाकाबाट विस्थापित चिलिमे गाविसअन्तर्गत सिम्बु गाउँ क्षेत्रका १८ घर परिवारलाई आयोजनाका तर्फबाट आवास निर्माण गरी पुनर्वासको व्यवस्था मिलाइएको हो ।
भान्छा, शौचालयसहितको पक्की संरचना निर्माण गरी पुनर्वास गराइएको सबै परिवारलाई केही समयपछि नै संरचनाको स्वामित्व हस्तान्तरण गरिने आयोजनाले जनाएको छ ।