arrow

टुंगिएन नक्कली शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीसहित नौ जना थुनामै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत, पाटनले पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेको छ ।

शुक्रबार न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राईलाई थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको हो ।

जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिएसँगै शुक्रबार फैसलालाई लिएर व्यग्र प्रतिक्षा भएको थियो । 

तर पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई के गर्ने भन्ने बारेमा अझै टुङ्गो भएको छैन । न्यायाधीशको राय बाझिएपछि अब तेस्रो न्यायाधीशको राय लिने बताइएको छ । 

यो प्रकरणमा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, बालकृष्ण खाँडका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, केशव तुलाधर, हज कमिटीका अध्यक्ष शमशेर मियाँलगायत धरौटीमा छुट्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ