arrow

जनमतको सङ्गठन विस्तार तथा अधिवेशन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
janamat-party-final-always.jpg

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम शुरु भएको छ । पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन, सङ्गठन विस्तार गरी सशक्त सङ्गठन निर्माणका लागि मङ्सिर १५ देखि आगामी बैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता डा सरदसिंह यादवका अनुसार मङ्सिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म सबै पालिका अधिवेशन पूरा गर्नुपर्नेछ ।

फागुन २० गतेसम्म सबै वडा र पालिकाको प्रक्रिया पुर्‍याई गरिएको अधिवेशनको आधिकारिक माइन्युट तयार गर्ने, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख ३० गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको उनले जानकारी दिए । 

सो पार्टीका सचिव विपी साहले बिहीबार बसेको सचिवालयको बैठकले अधिवेशनको मिति तय गरेको जानकारी दिए ।

डा सिके राउतको नेतृत्वमा जनमत पार्टी स्थापना भएपछि यसको दोस्रो अधिवेशन गर्न लागिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ