arrow

अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल : प्रधानसेनापति शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
Prabhuram Sharma.jpg

पोखरा । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अनुशासन र देशप्रेमको भावनाबाटै भावी पुस्ता सबल बन्नेमा जोड दिएका छन् ।

सैनिक आवासीय महाविद्यालय पोखराको १९औँ वार्षिकोत्सवमा उनले भविष्यका कर्णधार विद्यार्थीलाई भविष्यको सोच, शिक्षाको महत्व, अनुशासन र देशप्रेमको भावना विकास गर्न सकेमा मात्रै भावी पुस्ता थप सबल बन्ने बताए ।

शिक्षा पेशा आफैँमा गौरवपूर्ण र प्रतिष्ठित पेशा भएको बताउँदै उनले पछिल्ला समयमा यसलाई हेप्न थालिएको बताए । शिक्षाको महत्व विस्तारै बढ्दै गएको उल्लेख गर्दै प्रधानसेनापति शर्माले यस पेशालाई उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।

महाविद्यालयमा व्यवस्थापनतर्फ विविएको कक्षा पनि सञ्चालन गर्न लागिएको बताउँदै उनले यसबाट लाभान्वित बन्न आग्रह गर्दै स्नातक तहमा विभिन्न कक्षा सञ्चालन गर्न यो सुरुवात भएको र भविष्यमा अन्य विषयमा पनि पठनपाठन सुरु गरिने जानकारी गराए ।

घरपरिवारबाटै उचित शिक्षा, दिक्षा र संस्कारको विकास भई विद्यालय, महाविद्यालयमा अध्ययन गरे पश्चात समाज र राष्ट्रको सेवा गर्ने व्यक्तित्वका रुपमा विकास गर्न सकिने धारणा प्रधानसेनापति शर्माले राखे ।

सैनिक कल्याणकारी कोषमार्फत सेनाले शिक्षा, स्वास्थ्य, स्वरोजगार, पूर्वाधार निर्माणलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताउँदै उनले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा परेको बताए ।

कोषकै सक्रियतामा देशका विभिन्न भागमा विद्यालय, महाविद्यालय, अस्पातल आदि निर्माण भएको उनले बताए ।

प्रधानसेनापति शर्माले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभन गरेका थिए ।

विद्यालयका विद्यार्थीबाट नेपालका जातजातिका विभिन्न झाँकी, सांस्कृतिक कार्यक्रम, खुकुरी ड्रिल तथा तेक्वान्दो, कराँते प्रदर्शन गरिएको थियो ।

उक्त अवसरमा प्रधानसेनापति शर्माले विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गर्नुका साथै महाविद्यालयको वार्षिक मुखपत्र फुलबारीको लोकार्पण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ