arrow

बेगनासतालमा सञ्चालित मोटरबोट बन्द गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
motar boad.jpg
तस्बिर-फाइल

पोखरा । पोखरा महानगरपालिकाले वडा नं. ३१ स्थित बेगनासतालमा सञ्चालित मोटरबोट सञ्चालन बन्द गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बेगनासताल डुंगा व्यवसायी समितिलाई बुधबार पत्र पठाएर मोटरबोट बन्द गर्न निर्देशन दिएको हो ।

महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले डुंगा व्यवसायमा असर पुर्याएको, माछा लगायतका जलचरको प्रजनन् तथा विकासमा प्रत्यक्ष असर पुर्याएको, डुंगा व्यवसायमा आवद्ध जलारीहरुको जीविकोपार्जनमा संकटमा परेको र ध्वनि प्रदुषणसमेत गराएको पत्रमा उल्लेख गरेका छन् ।

पत्र अनुसार मोटरवोट सञ्चालन गर्दा अनुमति नलिएको भनि बेगनासताल मत्स्य व्यवसायी समिति र स्थानीयको पटक पटक गुनासो आएकाले बन्द गर्न निर्देशन दिइएको छ । महानगरको निर्देशनलाई अटेर गरेमा प्रचलित कानून बमोजिम कार्वाही गरिने चेतावनी दिइएको छ ।

महानगरले मोटरवोट बन्द भए, नभएको अनुगमन गरि जानकारी गराउन वडा कार्यालय पोखरा ३१ लाई निर्देशनसमेत दिइएको छ ।
बेगनासतालमा करिब छ महिना अर्थात जेठदेखि मोटरबोट सञ्चालनमा आएको थियो ।

बेगनासताल डुंगा व्यवसायी समितिले रु ५० लाखमा मोटरबोट खरिद गरी सञ्चालनमा ल्याइएको थियो । क्याप्टेनसहित २० जना सिट क्षमता भएको मोटरबोटबाट तालको शयर गर्ने व्यक्तिको प्रतिव्यक्ति सात लाखको बीमासमेत हुने व्यवस्था गरिएको थियो ।

महानगरको निर्देशनसँगै समितिको ५० लाखको लगानी डुब्ने आँकलन गरिएको छ । यस विषयमा बेगनासताल डुंगा व्यवसायी समितिले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ