arrow

रामचन्द्र भन्छन्– विधान संशोधन हुनै सक्दैन भन्नु एमालेको अतिवादी सोच

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
paudel-ramchandra-news.jpeg

कास्की। नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन हुनै सक्दैन भन्ने एमालेको अतिवादी सोच र आफुले भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलको हठ अन्त्य हुनै पर्ने बाएका छन् । नेपाली काँग्रेस कास्कीले गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले यी विरोधाभास त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।

संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताउँदै नेता पौडेलले भने, ‘मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नु पर्छ ।’

विसं २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुन सक्ने धारणा राख्दै उनले यतिका उपलब्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलब्धि गुम्न नदिन सबै राजनीतिक दलसँग आग्रह गरे ।

नेपाली काँग्रेस पद्दति, प्रक्रिया, संस्थागत र समझदारीद्वारा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टी कार्यकर्ताको सही मूल्याङ्कन भएमा मात्रै पार्टी एकता हुने राय प्रकट गरे ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय तहको निर्वाचन नजिक आइरहेकाले पार्टी कार्यकर्ता गाउँगाउँमा गएर जनताको मन जित्ने गरी काम गर्नु्पर्ने बताए । यसैबीच नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस कास्कीका पूर्व सभापति खेमराज पौडेलकी आमा नन्दकली पौडेललाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ