arrow

अमेरिकामा राष्ट्रपति निर्वाचनको मुखमै भूकम्प

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
UAS-ma-bhukampa.jpeg

एजेन्सी । अमेरिकामा राष्ट्रतपिय निर्वाचन एक दिन बाँकी रहँदा भूकम्प गएको छ । त्यहाँ मंगलबार राष्ट्रपतिको लागि निर्वाचन हुँदै छ । निर्वाचनको मुखमै अमेरिकाले भूकम्पको झट्का भेटेको हो। आइतबार राति अमेरिकाको मध्य भागमा रहेको ओक्लहोमा राज्यमा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

सुरुमा भूकम्प ५ दशमलब ३ रेक्टर स्केल मापन गरिएपनि पछि ५ रेक्टर स्केल रहेको अमेरिकी भू–गर्भ विभागले जनाएको छ । भूकम्पका कारण सहरका केही भवनहरु भत्किएका छन् ।

भूकम्पमा केहीँ मानिसहरु घाइते भएको त्यहाँका स्थानीय अधिकारीहरुले जनाएका छन् । केही मानिसहरु चोट देखाउँदै आकास्मिक उपचार सेवा लिन अस्पताल पुगेका समेत बताइँदैछ । भूकम्पको थप क्षतिबारे जानकारी आउन भने बाँकी छ ।
 
भूकम्पपश्चात पनि सहरका होटलहरु भने संचालनमै रहेको अधिकारीहरुले जनाएका छन् । यद्यपि, यातायात विभागले सहरमा रहेको पुलहरुमा भूकम्पले क्षति गरेको–नगरेकोबारे जाँच गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ