arrow

कांग्रेस ८४ को पछि लाग्दैन, त्यसअघि नै काम गरेर देखाउँछ – विश्वप्रकाश शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
bishwaprakash-sharma-2080-0.jpg

बुटवल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा प्राकृतिक तथा अप्राकृतिक विपत्तिमा सबैभन्दा पहिले निर्णय लिने र नेतृत्व गर्ने पार्टी नै कांग्रेस भएको बताएका छन् । बुटवलमा जारी कांग्रेसको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यतिबेला कर्णाली रोइरहेको भन्दै त्यहाँका जनता भूकम्पले घरबारविहीन बनाएको अवस्था रहेकाले चिसोले मारमा परेका बेला लुम्बिनीको प्रथम प्रदेश सम्मेलनको बन्द सत्रले कर्णालीलाई मल्हम लगाउने गरी सम्बोधन गर्न प्रेरित होस् भन्ने कामना गरे ।  

समस्यालाई समाधान गर्न सक्ने सामर्थ्य नेपाली कांग्रेससँग भएको भन्दै उनले त्यो तागतका साथ पार्टीलाई बलियो बनाएर लैजाने नीति र पद्धतिलाई अबलम्वन गर्न जरुरी रहेको बताए । 

उनले नेपालको संविधान कुनै तत्वले ड्राफ्ट गरेर निर्माण नगरेको भन्दै जनताले निर्वाचित गराएका जनप्रतिनिधिहरुले बनाएको संविधानलाई पूर्णता दिन संविधानबारे स्थानीय तहसम्म बुझाउनुपर्ने जनाए । 

उनले हिजो हिंसात्मक अवस्था भएको, बम बारुदले नागरिकको हत्या र भौतिक संरचना ध्वस्त हुँदै गएको आज १५ वर्ष नाघेको भन्दै त्यो अवस्थालाई शान्ति ल्याउन नेपाली कांग्रेसले नै योगदान गरेको दाबी गरे । 

उनले परिवर्तन भएको छैन भन्ने कुरालाई चिर्दै तत्कालीन समयभन्दा आज संघीयतासम्म आउँदा खानेपानी, सडक, विद्युत्, शिक्षा र स्वास्थ्यलगायत संरचनाहरुमा अधिकांश विकसित भएको तथ्यांकसमेत प्रस्तुत गरेका थिए । 

तर उनले बनाइएका संरचनाहरु सबै बलियो छ भन्ने कुरा आफूले नभन्ने भन्दै त्यसलाई थप मजबुत बनाउन गम्भीररुपमा लाग्नुपर्ने सुझाए । 

उनले ‘हिजो हामी जहाँ छौँ, आज त्यहाँ छैनौँ । कुनै पनि विकसित देशहरुले हाम्रो देश विकसित भयो भनेर नभनेको’ बताउँदै बर्सेनि नेपालमा भूगोललगायत सबै क्षेत्रको विकास क्रमबद्ध रुपमा भइरहेको जनाए । 

नागरिकसँग राजनीतिक दलको धारणाप्रति टुट्दै गएको विश्वासलाई अब कसरी जनजनमा बुझाउने र देखाउने भनेर तयारी हुन पार्टीपंक्तिले ध्यान दिनुपर्ने महामन्त्री शर्माले बताए । 

कांग्रेस मिसन–०८४ भन्दै नहिड्ने जनाउँदै के हो मिसन–०८४ ? भन्दै प्रश्न गरे । उनले रवि लामिछानेदेखि केपी शर्मा ओलीलाई तपाईहरु कस्तो खालको मिसन–०८४ चलाउँदै हुनुहुन्छ ? भन्ने  प्रश्न गर्दै कुन प्रणाली ल्याउन मिसन चलाउँदै हुनुहुन्छ काम गरेर देखाउने समय अझ धेरै छ भने । उनले आफूहरु त्यो मिसनमा नजाने उल्लेख गरे । उनले ०८४ को चिन्ता आफूहरुको नरहेको बताए । उनले त्यसअघि नै कांग्रेसले काम गरेर देखाउनुपर्ने बताए । 

‘भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा बनेको क्षेत्रीय विमानस्थल बनाउनुको अर्थ के रह्यो ? यी विमानस्थल बनाउनुको फाइदा के थियो ? अप्रभावकारी योजनाले आज देशले ऋण ब्यहोर्नुपरेको छ । ती संरचनाहरु बेकाम भएका छन्’, नेता शर्माले भने ।  

कांग्रेस कोही कसैलाई गाली गरेर र आरोप लगाएर अगाडि नबढ्ने र आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई अब पार्टी सञ्चालन गर्न आफ्नै समकालीन नेता वा युवा नेताहरुलाई जिम्मेवारी दिएर पार्टीलाई पुनर्ताजकीकरण गर्न अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ