arrow

गौतमबुद्धले सिकाएको त्याग शीर्ष नेताहरुले सिक्नुपर्छ– शेखर कोइराला 

logo
नारायण वली, 
प्रकाशित २०८० मंसिर १६ शनिबार
shekhar-koirala-2080-08-16.jpg

बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भगवान् गौतमबुद्धले सिकाएको त्यागलाई अनुशरण गर्दै शीर्ष नेताहरुले पनि त्याग गर्न सक्नुपर्ने बताएका छन् । 

बुटवलमा शुरु भएको प्रथम प्रदेश सम्मेलनको उद्घाटनमा बोल्दै कोइरालाले शीर्ष नेताहरुले त्याग नगरेसम्म युवा शक्ति अगाडि आउन नसक्ने बताए । उनले शीर्ष नेताहरुले त्याग गरेर सक्षम युवा नेताहरुलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए । 

नेता कोइरालाले देशमा भ्रष्टाचार, तस्करी बढ्दै गएकाले राजनीतिक सुधार आवश्यक रहेको आवश्यकता औँल्याए । उनले राजनीतिक दलहरुका कारण दिनप्रतिदिन देश र जनताको अवस्था चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गरे । 

नेता कोइरालाले देशको अवस्था उकासेर जनतालाई डेलिभरी दिन कांग्रेसले प्रथम प्रदेश सम्मेलनको बन्द सत्रमा यथेष्ट नीति कार्ययोजना ल्याएर पार्टीलाई सशक्तरुपमा जनमुखी बनाएर काम गर्नुपर्ने बताए । 

उनले स्थानीयदेखि संघीय चुनाव लड्न पार्टी एकढिक्का भएर जानुपर्ने भन्दै कुनै पार्टीसंग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहने जिकिर गर्देै बन्दसत्रमा पार्टीका नेताहरुले स्पष्ट योजनाहरु ल्याउने विश्वास व्यक्त गरे ।

उनले आफूले शुरुआतदेखि नै कुनै दलसँग चुनावमा गठबन्धन गर्नु हुँदैन भनेर भन्दै आएकोसमेत स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ