arrow

काठमाडौँमा आज अहिलेसम्मकै चिसो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
weather-himalaya-2080-06-18.jpg

काठमाडौँ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो भएको छ । 

काठमाडौँमा आज न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री तथा अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् सरोज पुडासैनीले बताए । 

उनले भने, “काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो भएको छ, काठमाडौँमा बिहान चिसो भए पनि दिउँसो भने घाम लाग्ने तथा मौसम सफा हुने अनुमान गरिएको छ ।”

अहिले काठमाडौँको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उनका अनुसार आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति गण्डकी, लुम्बिनी र कर्णालीलगायत बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ