arrow

एटीएम कार्डबाट डाटा चोरेर पैंसा झिक्ने तीन रोमानियन पक्राउ, चोरी हुनबाट यसरी जोगिनुस्

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
romaniyen-chorharu.jpeg

काठमाडौं । प्रहरीले एटीएम कार्डबाट डाटा तथा पीन चोरी गरी अनधिकृत रुपमा रकम झिक्ने ३ रोमानियन नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं ठमेलको नरसिंहचोकमा रहेको होटल नेपाल ताराबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा ५२ वर्षीय गिजा ह्यूजम, (राहदानी नम्बर ०८७२०१२८२), ४८ वर्षीय योसिफ मोरारु, (राहदानी नम्बर ०५२२१२६७०) र ४५ वर्षीय एलेक्स क्रिष्टियन बघिउर्लान (राहदानी नम्बर ०५१७६२४३०) छन् ।

उनीहरुको साथबाट विभिन्न स्वदेशी तथा विदेशी नोट, अवैध सामान, उपकरणहरु नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका विदेशी नागरिकविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम आवश्यक अनुसन्धान अघि बढेको छ ।

विशेषतः पूर्वी यूरोपेली मुलुक टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरु अत्याधुनिक स्किमिङ डिभाइस, हिडेन क्यामेरा प्रणाली, बैंक कार्ड तथा कार्ड राइटर लगायतका उपकरण साथमा लिई यस्तो अवैध धन्ना गर्ने गरेका ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिबेश लोहनीले बताए ।

पर्यटक भिसामा नेपाल आई काठमाडौंका ठमेल, दरबारमार्ग, लगायतका विभिन्न बैँकका एटीएम बुथहरुमा हिडेन क्यामेरा तथा स्किमिङ डिभाइस जडान गरी नेपाली तथा विदेशी बैँकका ग्रहाकको खाताबाट रकम निकाल्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा खोजी गरेको थियो ।

खोजीका क्रममा नेपाल इन्भेष्टमेन्ट बैँकको आइटी शाखाको प्राविधिक सहयोगमा त्यस्ता व्यक्तिहरुको खोजी भएको र रोमानीयन नागरिक पक्राउ परेका बताइएको छ ।

विवरण

  1. विभिन्न दरका नेपाली रुपैंया ३,०८,५००/-
  2.  युरो १०,९०५/-
  3. फिलिपिनो मुद्रा ४७०/-
  4. विभिन्न ATM Card हरु थान- ३५३
  5. मोबाइल फोन थान-६
  6. ल्यापटप थान-२
  7.  ATM बाट रकम निकाल्दा PIN entry गरेको खिच्न प्रयोग हुने Hidden Camera set
  8.  Card Personalization Machine
  9.  False ATM Keypad
  10. False Card slot
  11. Card slot मा फिट गरी ग्राहकको कार्डमा रहेको डाटा अनधिकृत रुपमा कपी गर्न प्रयोग हुने सेट थान-२
  12. विभिन्न औजारहरु
  13. HUBLOT कम्पनीको रु. २५ लाखसम्मको मुल्यको स्वीस घडी थान-१

कसरी निकालिन्छ अन्य ग्राहकको खाताबाट रकम ?

  • विद्युतीय Card Reading Device, Hidden Camera प्रणाली तथा खाली कार्डहरु ( Blank Card) साथमा लिई रोमानियन लगायत पूर्वी युरोपेली नागरिक पर्यटक भिषामा नेपालमा आउने ।
  • काठमाडौंका ठमेल, दरवारमार्ग लगायतका पर्यटकको भिडभाड हुने क्षेत्रहरुमा रहेको सुरक्षा गार्ड  तैनाथ नगरिएका विभिन्न बैंकहरुका ATM बुथहरुमा रकम निकाल्ने बहानामा पस्ने ।
  • ATM बुथहरुमा अस्वभाविक रुपमा लामो समय बिताउने ।
  • ATM बुथको अत्याधुनिक Card Skimming तथा Hidden Camera प्रणाली साथमा लिई पर्यटक भिषामा नेपालमा Keypad खिच्न मिल्ने गरी M-Seal प्रयोग गरी Hidden/ Pinhole Camera टाँसी बाहिर निस्कने  ।
  • ATM बुथको Card प्रवेश गराउने Card Slot मा विद्युतीय  Card Reading Device जडान गरी बाहिर निस्कने ।
  • ATM बुथको Card Slot सँगसँगै अर्को नक्कली Card Slot पनि जडान गर्ने गरिन्छ र सो Card Slot मा Card Reading device फिट गरिएको हुन्छ । ग्राहकले झुक्किएर नक्कली Card Slot मा कार्ड प्रवेश गराउँदा सो कार्डको Magnetic stripe मा भएको डाटा उक्त नक्कली Card Slot ले Copy गर्दछ ।
  • जुन जुन ATM बुथमा Hidden/ Pinhole Camera र Card Reading Device जडान गरिएको छ, त्यस ATM बुथमा केही समयपछि पुन: गई जडान गरिएका Hidden/ Pinhole Camera र Card Reading Device निकाली बाहिर निस्कने ।
  • Hidden/ Pinhole Camera ले ग्राहकले Entry गरेका PIN खिच्ने काम गर्दछ भने Card Reading Device ले ग्राहकको ATM कार्डको पछाडिपट्टिको Magnetic Stripe लाई Scan गरी त्यसमा भएका ग्राहकको गोप्य बैंक विवरण रेकर्ड गर्दछ ।
  • Magnetic Stripe लाई Scan गरी रेकर्ड गरिएका ग्राहकको गोप्य बैंक विवरणलाई Card Skimmer को सहायताले खाली कार्डहरु (Blank Card) मा Transfer गरिन्छ ।
  • ग्राहकको गोप्य बैंक विवरण Transfer गरिएका कार्डहरु लिई पुन: ATM बुथहरुमा गई  Hidden Camera बाट खिचिएको PIN प्रविष्ट गरी विभिन्न ग्राहकको खाताबाट रकम निकाल्ने गरिन्छ ।
  • ग्राहकको खाताबाट अनधिकृत रुपमा निकालिएको सो रकम डलर र युरोमा सटही गरी Luggage मै तथा विभिन्न माध्यमबाट विदेश पठाउने गरिन्छ र यसले बजारमा डलरको अभाव हुने गर्दछ ।
  • नेपाली बैंकहरुको ATM Card नेपाल र भारतमा मात्र चल्ने हुनाले नेपाली बैंकका ग्राहकको खाताबाट निकालिएको रकम केही नेपालमै खर्च गरिन्छ, केही महंगो सामान खरिद गरी विदेश लैजाने गरिन्छ तथा केही रकम विभिन्न माध्यमबाट विदेश पठाइन्छ ।
  • विदेशी बैंकका ग्राहकबाट चोरी गरिएका गोप्य बैंक विवरण तथा PIN सो गिरोहले विदेशमा रहेका आफ्ना अन्य साथीहरुलाई ईमेलबाट पठाउँदछ र उतैबाट रकम निकाल्ने गरिन्छ ।
  • SMS Alert सेवा लिएका ग्राहकले आफ्नो खाताबाट रकम निकालिएको तुरुन्त थाहा पाउँदछन् भने SMS Alert सेवा नलिएका ग्राहकले आफ्नो खाताबाट रकम निकालिएको बारेमा आफ्नो बैंक खाता विवरण हरेपछि मात्र थाहा पाउँदछन् ।

यसअघि ब्यूरोबाट ATM Card ठगी गर्ने पूर्वी युरोपेली नागरिक उपर भएको कारवाही

  • मिति २०७१/०८/०१ गते टर्किस नागरिक Mehmet Gullen अमेरिकी ५,०००/- नेपाली रुपैंया २६ लाख , Card reader, writer, विभिन्न ATM Card ४२ थान सहित पक्राउ गरिएको
  • मिति २०७१/१२/०५ गते बुल्गेरियन नागरिक Petroslav Hristov अमेरिकी ४०,०००/- , युरो ५७,०००/- नेपाली रुपैंया १८ लाख , Card reader, writer, विभिन्न ATM Card ४१७९ थान सहित पक्राउ गरिएको ।    
  • मिति २०७३/०४/१७ गते रोमानियाली नागरिक Preda Aurelian नेपाली रुपैंया २ लाख ६४ हजार , विभिन्न ATM Card ६० थान सहित पक्राउ गरिएको ।
  • मिति २०७३/०७/११ गते बुल्गेरियन नागरिक Dimo Atanasov Stefanov लाई अमेरिकी डलर १७,२५०, युरो ६००, Card Reading Device, Hidden Camera set सहित होटल जगत, ठमेलबाट पक्राउ गरिएको ।
  •  

ATM कार्डको डाटा तथा PIN चोरिन बाट कसरी बच्ने ?

  • ATM बुथबाट रकम निकाल्दा वरपर कतै अस्वभाविक उपकरणहरु वा Genuine Parts बाहेकका उपकरणहरु जडान भए-नभएको यकिन गरेर मात्रै Card Insert गरी PIN Entry गर्ने  ।
  • कुनै ATM बुथमा अस्वभाविक उपकरण जडान भए नभएको यकिन गर्न एक-अर्को ATM बुथसँग तुलना पनि गर्न सकिन्छ ।
  • ATM बुथ भित्र विशेषगरी Key pad नजिक प्वाल पारिएको जस्तो  देखिएमा सो प्वालभित्र Pinhole camera जडान गरिएको हुनसक्दछ ।
  • कार्डको magnetic stripe मा रहेको Data लाई copy गर्न Genuine Card slot  बाहे अन्य Card slot पनि जडान गरिएको हुन सक्दछ । एक भन्दा बढी card slot देखिएमा सो ATM बुथबाट कारोबार नगर्ने ।
  • तपाईले ATM बुथबाट कारोबार गर्ने क्रममा  तपाईले सही PIN Entry गर्नुभएको छ र तपाईको खातामा पर्याप्त Balance पनि छ तर पनि Machine बाट रकम निस्कदैन भने तपाईले नक्कली Card slot मा आफ्नो कार्ड प्रवेश गराउनुभएको हुनसक्दछ । यदि तपाईले आफ्नो card नक्कली Card slot मा प्रवेश गराएको थाहा पाउनुभयो भने तत्काल अर्को ATM बुथमा गई PIN परिवर्तन गर्ने ।
  •  Key pad अस्वभाविक जस्तो लागेमा तथा machine मा राम्रोसँग फिट नभएको जस्तो लागेमा सोबाट PIN Entry नगर्ने ।
  • ATM बुथ भित्र उल्लेखित अस्वभाविक उकरणहरु जडान गरिएको देखेमा तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैंकमा खबर गर्ने ।
  • PIN Entry गर्ने क्रममा कोही कसैले देखे-नदेखेको यकिन गरेर मात्र कार्ड insert गरी PIN entry गर्ने ।
  • हातले छोपेर सुरक्षित तवरले PIN Entry गर्ने ।
  • बैंकबाट SMS Alert सुविधा लिने ।
  • आफुले गर्दै नगरेको कारोबारका बारेमा Mobile मा SMS Alert तथा खाता विवरणबाट देखिएमा तत्काल सम्बन्धित बैंकमा खबर गर्ने ।
  • समय- समयमा PIN परिवर्तन गरिरहने ।
  • आफ्नो ATM Card सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउने तथा PIN कसैलाई Share नगर्ने ।
  • बैंकले ATM बुथ भित्र तथा बाहिरको गतिविधि सुक्ष्म रुपमा CCTV मार्फत निगरानी गर्नुपर्ने र अस्वभाविक तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्ने ।
  • Magnetic Stripe कार्ड भन्दा तुलनात्मक रुपमा सुरक्षित EMV Chip Card हरु नेपालका बैंकहरुले यथाशीघ्र प्रचलनमा ल्याउनुपर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ