arrow

प्रथम अन्तरपालिका फुटबलमा नकआउट चरण सकिए, मंगलबारदेखि क्वार्टरफाइनलका खेल

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० मंसिर १७ आइतबार
jhapa-goldcup-2080.jpg

झापा । झापाको भद्रपुरमा जारी  प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।

लिग चरणको आज सम्पन्न अन्तिम खेलहरुमा अर्जुनधारा नगरपालिका र  शिवसताक्षी नगरपालिका विजयी भएका छन् । 

योसँगै समूह (क) बाट प्रथम बुद्धशान्ती गाउँपालिका र द्वितीय बिर्तामोड नगरपालिका ,समूह (ख) बाट  प्रथम झापा गाउँपालिका र द्वितीय  गौरादह नगरपालिका, समूह (ग) बाट प्रथम मेचीनगर नगरपालिका र द्वितीय भद्रपुर नगरपालिका ,समूह (घ) बाट प्रथम अर्जुनधारा नगरपालिका र द्वितीय शिवसताक्षी नगरपालिका समूह विजयी बन्न सफल भएका छ्न् । 

आज निर्धारित पहिलो खेल शिवसताक्षी र कमलका बीच रहेता पनि कमल गाउँपालिका खेलको नियम उल्लंघनको कारबाहीमा परेकाले शिवसताक्षीले सिधै ३ अंक प्राप्त गरी विजयी भएको हो ।

आज भएको दोस्रो खेलमा दमक नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै अर्जुनधारा विजयी भएको हो । समूह विजेता अर्जुनधाराले आजको खेलको ६४ औँ मिनेटमा राजेश दाहाल र ७३ औँ मिनेटमा निखिल तामाङले गोल गरेका थिए ।

क्वार्टरफाइनलका खेलहरु मंसिर १९ गतेबाट हुनेछ्न् । प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ