arrow

नेपाल एयरलाइन्सको विमान ग्राउण्डेट

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० मंसिर १८ सोमबार
nepal-airlines-twinator-plane.jpg

मुगु । नेपालगन्जबाट रारा विमान स्थलका लागी उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगु स्थित रारा विमानस्थलमा ग्राउण्डेट भएको छ ।

 तीन यात्रु र विमान चालकसहितको टोली आइतबार बिहान ११ बजे रारा विमान पुगेको नेपाल एयरलाइन्सको नाईन.एन.ए.बि.यु कल साइन भएको विमानले उडान भर्न लाग्दा ब्याट्रीमा समस्या आएपछि ग्राउण्डेट भएको हो ।

 १३ जना यात्रु बोकेर नेपालगन्ज उडान भर्नै लाग्दा जहाजमा समस्या देखिएको थियो । 

जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजबाट नेपालगन्जबाट इन्जिनियर झिकाई जहाजको समस्या चेक जाँच गरिएको थियो । 

जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगन्जबाट ब्याट्री झिकाएपछि मात्र १३ जना यात्रुसहित जहाज सोमबार नेपालगन्जका लागि उडान भर्ने नेपाल एयरलाइन्स रारा स्टेसन इन्चार्ज नेत्र भामले जानकारी गराए।

विमानले भोलि उडान भर्ने छ । 

नेपालगन्जका लागी नेपाल एयरलाइन्समा टिकट काटेका १३ जना यात्रुहरु रारा विमानस्थल रहेको ताल्चाममा रहेका होटेलहरूमा बास बसाएको छ । 



नयाँ