arrow

ओखलढुंगामा एक नगरपालिकासहित आठ गाउँपालिका बनाउन प्रस्ताव

logo
जीवन शर्मा,
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
Okhaldhunga-hamrakura.jpg.jpeg
ओखलढुंगा । स्थानीय तह पुर्नसंरचना आयोगको नयाँ कार्यविधि अनुसार ओखलढुंगाले १ नगरपालिका र ७ गाउँपालिका गरी ८ वटा स्थानीय  तहको प्रस्ताव गरको छ । आइबार पत्रकार सम्मेलन गर्दै स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले दलहरुको सहमतिकै आधारमा जिल्लामा १ नगरपालिका र ७ गाउँपालिका बनाउने निर्णय भएको जनाएको छ । 
 
जिल्लाको सदरमुकाम ओखलढुंगालाई नै केन्द्र बनाएर तलुवा, ठूलाछाप, अधेरीनाराणस्थान, रुम्जाटर, वर्नालु, जन्तरखानी, विगुटार, बेतिनी, ओखलढुंगा, वरुणेश्वर गाविसको वडा नं. ८ र ९ लाई समावेश गरेर सिद्धिचरण नगरपालिका प्रस्ताव गरिएको छ ।  
 
यस्तै साविकको कुईभिर, पोखरे, दियाले, रातमाटे, सेर्ना, भदौरे र माम्खा गाविसलाई समेटेर चिशंखुगढी गाउँपालिकाको प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र भने खानीभन्ज्याङ्ग वा सेर्नालाई प्रस्ताव गरिएको छ । मानेभन्ज्याङ्गलाई केन्द्र बनाउँदै मोली, वाक्सा, उवुँ, केत्तुके, मानेभन्ज्याङ्ग, थाक्ले, टोक्सेल, माधवपुरलाई सामवेश गरेर मानेभन्ज्याङ्ग गाउँपालिका प्रस्ताव गरिएको छ । 
 
मूलखर्क वा च्यानमलाई केन्द्र राखेर प्रस्ताव गरिएको सुनकोशी गाउँपालिकामा वलखु, सिस्नेरी, मूलखर्क, च्यानम र कटुन्जे गाविसलाई समावेश गरिएको छ । यस्तै चिप्लिङ्ग वा घोराखोरीलाई केन्द्र बनाएर पलापु, कालिका, फेदीगुठ, फुलवारी, विलन्दु र रानीवन गाविसलाई समेटेर चम्पादेवी गाउँपालिका प्रस्ताव गरिएको छ । गाम्नाङ्गटार वा यसमलाई केन्द्र बनाएर सिंहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङ्गटार, टारकेरावी र पोकली गाविसको वडा नं. १ देखि ८ सम्म समावेश गरेर लिखू गाउँपालिकाको प्रस्ताव गरिएको छ ।   
 
खिगीफलाटेलाई केन्द्र बनाएर प्रस्ताव गरिएको खिजीदेम्बा गाउँपालिकामा रगनी, खिजीचण्डेश्वरी, खिजीकाती, खिजीफलाटे, रावादोलु, भूसिंगा, पोकलीको वडा नं. ९ र पात्ले गाविसको वडा नं. ३ देखि ६ लाई समावेश गरिएको छ । यस्तै रामपुर वा प्राप्चालाई केन्द्र बनाएर कुन्तादेवी, हर्कपुर, प्राप्चा, श्रीचौर, राँगादीप, पात्लेको वडा नं. १, २, ७, ८ र ९ लाई र वरुणेश्वर गाविसकोको वडा नं. १ देखि ७ लाई समेटेर मोलुङ्ग गाउँपालिकाको प्रस्ताव गरिएको छ । 
 
लामो समयको सर्वपक्षीय तथा सर्वदलिय छलफल र अन्तर्रक्रियाबाट आयोगले पठाएको कार्यविधी अनुसार पुर्नसंरचनाको काम गरिएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक एंव स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले बताए । कतिपय गाउँपालिकाको केन्द्र तोक्ने विषयमा राजनीतिक दलहरुबीच सहमति हुन नसकेकोले दुईवटा केन्द्र तोकेर प्रस्ताव गरिएको संयोजक खत्रीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ