arrow

एनएसएलमा झापा र काठमाडौँले अंक बाँडे, को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
nsl-2080-08-18.jpg

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा झापा एफसी र काठमाडौं रेजर्सले अंक बाँडेका छन् । सोमबार दशरथ रंगशालामा भएको खेलमा झापा र काठमाडौँले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

झापा कप्तान अन्जन विष्ट बिना मैदान उत्रिएको थियो । अघिल्लो खेलमा ल्याण्डिङ गर्ने क्रममा अन्जनको हातमा चोट लागेको थियो । सोही कारण उनी काठमाडौँविरुद्ध मैदानमा देखिएनन् ।

बराबरी खेल्दै काठमाडौँले ५ अंक जोडेको छ । झापाले दोस्रो बराबरी खेल्दै २ अंक जोडेको छ ।

९ टिम सहभागी प्रतियोगिताको तेस्रो चरणको समाप्तिसम्म धनगढी फुटबल क्लब ७ अंकसहित शीर्ष स्थानमा छ । ललितपुर सिटी, पोखरा थन्र्डस र काठमाडौँको समान ५ अंक छ । चितवनको ४, इलाम र बुटवलको ३–३, झापाको २ तथा वीरगञ्ज अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ