arrow

कर्मचारी संगठनको शिक्षा मन्त्रालयमा सर्वसम्मत नेतृत्व, को–के भए ?

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
NGEO1.jpeg
काठमाडौं । एमाले निकट कर्मचारीहरूको संस्था नेपाल निजामती कर्मचारी संगठनको पहिलो विभागीय निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । सोमबार भएको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिको अधिवेशनले सर्वसम्मत रूपमा शिवराज पोखरेललाई अध्यक्ष चुन्ने निर्णय गरिएको सदस्य गीता शर्माले जानकारी दिइन् । 
 
मध्याह्नबाट सुरूभएको बन्दशत्रले केन्द्रीय प्रतिनिधि र नेतृत्व सर्वसम्मतरूपमा चयन गरेको हो । बन्दशत्रले उपाध्यक्षमा भीमा कोइराला र सविनबाबु भट्टराई, सचिवमा हेमराज खतिवडा र कोषध्यक्षमा कुशलदेव घिमिरेलाई चयन गरिएको छ । 
 
उता ३ जनाले आकांक्षा देखाएको केन्द्रीय प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन भएको छ । दुईजना प्रतिनिधि जान पाउनेमा तीन जनाले आकांक्षा देखाएपछि सहमति आईतबार साँझसम्म सहमति हुनसकेको थिएन ।
 
केन्द्रीय प्रतिनिधिकोलागि विभागीय समितिको अध्यक्ष रहेकी सुशीला कुमारी शाह, नगेन्द्रप्रसाद दाहाल र रूक्मिणी अधिकारीले यसमा आकांक्षा देखाएका थिए । तर, दाहालपनि पछि अधिकारी र शाहलाई पठाउन मञ्जुर भएपछि सर्वसम्मत भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ