arrow

विल क्लिन्टनसँग काम गरेकी अमेरिकी पहिलो महिला महान्यायधिवक्ता रेनोको निधन

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
reno-news-death.jpeg

एजेन्सी । अमेरिकाको पहिलो महिला महान्यायधिवक्ता जनेट रेनोको ७८ वर्षको उमेरमा निधन भएको छ । पार्किन्सन रोगबाट ग्रसित रेनोको सोमबार विहान मियमीमा  निधन भएको हो । तत्कालिन राष्ट्रपति विल क्लिन्टनसँग महान्याधिवक्ताको रुपमा रेनोले ८ वर्ष काम गरिन् ।

क्लिन्टनसँग रहेर सन् १९९३ देखि २००१ सम्म काम गरेकी रेनो २०औं सताब्दीको लामो समय काम गर्ने महान्यायधिवक्ता हुन् । आफुलाई निकै दरिलो कानुनविद मान्ने रेनो हरेक निर्णय कानून र प्रमाणको आधारमा लिन्थिन् । निकै खरो स्वभाव भएको भनेर चिनिने रेनो आफुले लिएको निर्णयको जवाफदेहीता आफैं लिने बताउँथिन् ।

रेनोले राष्ट्रपति क्लिन्टनको दुबै कार्यकालमा महान्याधिवक्ताको रुपमा काम गरिन् । वासिंङटन छोडेपछि रेनो सन् २००२ मा फ्लोरिडा फर्किइन् र गभर्नरका लागि उम्मेद्वारी दर्ता गरिन् । तर उनी डेमोक्रेटिकको प्रारम्भिक निर्वाचनमै पराजित भइन् । रेनोको जन्म सन् १९३८ मा मियमीमा भएको थियो । रेनोको आमाबुबा भने पत्रिकाको सम्वाददाता थिए ।  रेनोले हावर्ड विश्वविद्यालयबाट स्नात्तोकत्तर गरिकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ