arrow

चिसोमा धुम्म काठमाडौँ, बढ्यो प्रदूषण [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
kathmandu-dust-2080-08-19a-.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढेको छ । चिसो बढेसँगै काठमाडौँ आसपासको क्षेत्र धुम्म भएको छ । चिसो त्यसमाथि पनि धुम्म भएसँगै उपत्यकामा प्रदूषण बढ्दै गएको छ । आँखा चिलाउने, नाक चिलाउने लगायतका समस्या देखिन थालेका छन् । 

हावा नलाग्दा काठमाडौँ आसपासमा धुलो धुवाँ जम्मा भएर धुम्म हुँदै गएको हो । काठमाडौँका विभिन्न क्षेत्रको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) समेत अस्वस्थ्यकर रहेको छ । 

मंगलबार दिउँसो काठमाडौँस्थित कुलेश्वर वरिपरिको एक्यूआई ११२ रहेको थियो । त्यस्तै अमेरिकी दूतावास अगाडि महाराजगञ्जको एक्यूआई १६३ रहेको थियो भने भक्तपुर लोकन्थलीको एक्यूआई १०८ रहेको थियो । 

समग्रमा काठमाडौँको एक्यूआई १२८ रहेको एक्यूएयर डट कमले जनाएको छ । 

kathmandu-dust-2080-08-19a (1).jpg
kathmandu-dust-2080-08-19a (2).jpg
kathmandu-dust-2080-08-19a (3).jpg
kathmandu-dust-2080-08-19a (4).jpg
kathmandu-dust-2080-08-19a (5).jpg
kathmandu-dust-2080-08-19a (6).jpg
kathmandu-dust-2080-08-19a (7).jpg
kathmandu-dust-2080-08-19a (8).jpg
kathmandu-dust-2080-08-19a (9).jpg
kathmandu-dust-2080-08-19a (10).jpg
kathmandu-dust-2080-08-19a (11).jpg
kathmandu-dust-2080-08-19a (12).jpg
kathmandu-dust-2080-08-19a (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ