arrow

आज यस्तो रहनेछ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
cold-weather.jpg

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘मिचाउङ’ नामक सामुद्रिक आँधी  को समेत आंशिक प्रभाव  रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश साथै  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

 आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ। 

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 राति भने  कोशी, मधेस ,बागमती  र गण्डकी  प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी प्रदेशका र मधेस प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ