arrow

एनएसएलमा ललितपुर र वीरगञ्ज बराबरीमा, आज इलाम र पोखरा भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
nsl-2080-08-19a.jpeg

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ ।
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार बेलुकी सम्पन्न खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै एकएक अङ्क बाँडेका छन् । यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अङ्क जोडेको छ । 

पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० ले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो । 
    
त्यसैगरी पहिलो खेलमा साविक उपविजेता धनगढी एफसीविरुद्ध २–१ गोलअन्तरले पराजित भएको वीरगञ्ज दोस्रो खेलमा पनि समान नतिजामा एफसी चितवनसँग पराजित भएको थियो । यस खेलसँगै वीरगञ्जले एक अङ्क जोेडेको छ । 
    
खेलमा पहिलो अग्रता भने वीरगञ्जले लियो । वीरगञ्जका लागि खेलको १०औँ मिनेटमा विलियम ओपोकुले गोल गरे । वीरगञ्जको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । 
    
खेलको १४औँ मिनेटमा नै ललितपुरका इमोन इकेजेले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको २७ औँ मिनेटमा ललितपुरका निखिल सुरेशराओ कदमले गोल गर्दै खेलको पहिलो हाफसम्म २–१ गोलको अग्रता बनाए । 

तर खेलको दोस्रो हाफको सुरुआतमै वीरगञ्जले बराबरी गोल फर्कायो । वीरगञ्जका लागि दोस्रो गोल कृपाकान्त महतो थारुले खेलको ५२ औँ मिनेटमा गरे । 
    
त्यसपछि दुवै टोलीले गोल गर्न प्रयास गरे पनि असफल भयो र अन्तत खेल २–२ गोलको बराबरीमा टुङ्गियो ।

आज इलाम र पोखराबीच भिडन्त

लिगमा आज एएटामात्र खेल हुँदैछ । आज स्पोर्टिङ इलाम फुटबल क्लब र पोखरा थन्डर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

 खेल साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ