arrow

आर्सनलको शीर्ष स्थान फराकिलो बन्दै, लुटनमाथि रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
arsenal-luton.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको आर्सनलले लुटन टाउनमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

 गएराति सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको इन्जुरी समयपछिको ९७ औँ मिनेटमा डेक्लान राइसले निर्णायक गोल गरेका थिए ।

यसअघि गाब्रियल मार्टिनेली, गाब्रियल जिसस र् काइ हाभेर्टले एक एक गोल गरेका थिए । त्यसैगरी लुटन टाउनका लागि गाब्रियल ओशो, एलिजाह अडेबायो र रोज बार्कलीले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलले लिगमा आफ्नो अग्रता बढाएको छ । 

गएरातिको अर्को खेलमा वुल्भ्सले बर्नलीलाई १–० ले हरायो । 

अंक तालिका 
आर्सनल १५ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा रहेको छ । लिभरपुल १४ खेलबाट ३१ अंकसहित दोस्रो तथा म्यानचेस्टर सिटी १४ खेलबाट ३० अंकसहित तेस्रो स्थानमा रहेको छ । एस्टन भिल्ला १४ खेलबाट २९ अंकसहित चौथो स्थानमा रहेको छ । 

टोटनह्याम हट्सपर १४ खेलबाट २७ अंकसहित पाँचौँ, न्यूकासल युनाइटेड १४ खेलबाट २६ अंकसहित छैटौँ, म्यानचेस्टर युनाइटेड १४ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ । 

२० टोली सहभागी लिगमा एभर्टन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ