arrow

पाँचथरमा स्थानिय तहको खाका आयोगमा पठाएपनि झनै असन्तुष्टि थपिँदै

सराङडाँडा वडा नम्बर ५ लाई अहिलेका वडा नम्बर १ मा समेट्नुपर्ने माग

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर।  पाँचथरमा राजनितीक दल र स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति प्राविधिक समितीले २ वटा खाकाहरु आयोग समक्ष पठाएपनि असन्तुष्टि वढ्ने क्रम झनै थपिएको छ । गाउँमै नपुगी त्यस ठाउँका नागरिकको राय सल्लाह सुझाव नलिकन राजनितीक दल र प्राविधिक समितीले कोठामा बसेर निर्णय गर्ने गरेको भन्दै स्थानियहरु अहिले आक्रोशित बन्न थालेका छन् । 
 
राजनितीक दलहरु र समितीले गरेको निर्णयले कसैले पायक पर्ने ठाउँ बनायो त कसैलाई पन्चायत कालमा भन्दा झनै सास्ती खेप्नु पर्ने अवस्था सिर्जना भयो ।
 ,राजनितीक दलका नेता गणहरु र प्राविधिकहरु गाउँमा फिल्डमा खटिएर जनतालाई सेवा कहाँ पायक पर्दछ सोधेर उनीहरुको भावना विचारलाई समेटेर सेवा केन्द्र तोकिनुपर्ने आयोगको स्पष्ट मापदण्ड थियो ।
 
तर त्यो मापदण्डलाई कुनै वास्तै नगरी २ दिन राजनितीक दलका सीमित ब्यक्तिहरु जिविसमा बसेर कोठे निर्णय गरे, जसले गर्दा अहिले स्थानियहरु प्राविधिक समिती संयोजक र राजनितीक दलहरुको पाटी कार्यालय र घर धाउन वाध्य छन् । सोमबार जिविसमा पुग्दा रानीटार वासीहरुको जमातले प्राविधि समिती संयोजकलाई निवेदन वुझाउँदै आफनो दुखेसो पोख्दै थिए ।
 
 उक्त टोलीमा सहभागि नेकपा माओवादी केन्द्रका विरेन्द्र बास्कोटाले भने,“ पुर्नसंरचना भनेको नागरिकलाई घर पायकमा भएको सेवा सुविधा खोसेर अपायक पार्ने स्थानमा लैजानु हो र ? हैन् भने मापदण्डमा स्पष्ट उल्लेख गरिएको छ, कि नागरिकलाई जहाँ पायक पर्दछ,त्यहिँ पो सेवा केन्द्र राखिनुपर्दछ त हैन् भने पुर्नसंरचनाको के अर्थ र ?” उनले थपे,“कि रानीटार गाविसलाई सिङगै फिदिम नगरपालिका भित्र राखिनुपथ्र्यो, होइन् भने सिँगै गाविसलाई छिन्तापु गाउँपालिका भित्र समेट्नुपदथ्र्यो ।”  
 
वडा नम्बर ९ लाई मात्रै छिन्तापु गाउँपालिकामा राखिएको प्रति स्थानिय काग्रेस,एमाले,नेकपा माओावादी केन्द्र,नेकपा माले,संघिय समाजवादी फोरम,लिम्वुवान लगायतका दलहरुले विरोध जनाएका छन् । यस्तै अर्को त्रुटि प्रस्तावित मिक्लाजुङ गाउँपालिकाको गाविस सराङडाँडाको वडा नम्बर ५ लाई अहिलको वडा नम्बर ८ स्थित सप्तमी वजारमा सेवा केन्द्र राखिएको प्रति स्थानियले आपत्ति जनाएका छन् । राजनितकी दल र प्राविधिक समितीले वडा नम्बर १ देखि ४ लाई सराङ र वडा नम्बर ५ देखि ९ नम्बर वडा सम्म सप्तमी केन्द्र राखेका छन् । जुन सराङडाँडा ५ बासीका लागि अत्यन्तै अपायक पर्दछ । वर्षोअघि देखि गाविसको कार्यालय सराङडाँ बाटै सेवा लिँइँदै आएका उनीहरु अव सप्तमी सेवा केन्द्र पुग्न वडा नम्बर ५ देखि ४ देखि ५ घण्टाको पैदल दूरी धाउनुपर्ने भएको छ । 
 
सप्तमी वजार पुग्नलाई अर्को बाटो छैन्, सराङको केन्द्र हुँदै थप ३ घण्टा हिडेपछि मात्रै सप्तमी वजार पुग्न सकिन्छ । आज त्यस गाविसवासीको सर्वदलिय सर्वपक्षिय वैठक बसेर ५ नम्बर वडालाई वडा नम्बर ८ मा राखिएको प्रति सर्वत्र विरोध भएको छ । 
 
यथाशक्य उक्त निर्णय सच्याउँदै वडा नम्बर ५ लाई अहिलेको वडा नम्बर १ मा राखिनुपर्ने उनीहरुको भनाई छ । यो निर्णयलाई नसच्याए कडा आन्दोलन गर्ने वडा नागरिक मंच संयोजक चन्द्र भटराईले चेतावनी दिनुभयो । यस्तै नेकपा एमालेका नेता नरेन्द्र बस्नेतले भन्नुभयो,” सराङडाँडा वडा ५ लाई वडा नम्बर ८ मा राखिएको प्रति मेरो आपत्ति छ् यो अत्यन्तै अब्यवहारिक र अन्यापूर्ण छ,यसलाई यथाश्क्य सच्चाईनु पर्दछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ