arrow

माओवादीका पूर्व लडाकूले कब्जा गरे पेरिसडाँडा, यस्ता छन् मागहरु

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
party_office.jpeg
काठमाडौं । सत्तारुढ दल नेकपा माओबादी केन्द्रको पार्टी मुख्यालय माओबादी पूर्व लगाकूहरुले कब्जा गरेका छन् । सोमबार पार्टी मुख्यालयमा भित्रैबाट बन्द गरेर कब्जामा लिएको घोषणा गरेका हुन् । 
 
पार्टी मुख्यालयमा सयभन्दा बढीको संख्यामा रहेका पूर्वलडाकूहरूसँग छलफलकोलागि पटकपटक बाहिर रहेका प्रहरीले प्रयास गरिरहेको हाम्रा सहकर्मीले बताएका छन् । तर, उनीहरूभने प्रहरीसँग छलफल गर्नुको कुनै तुक नरहेको भन्दै वार्ताकोलागि अस्वीकार गर्दै आएका छन् । त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । 
 
के हुन् माग ?
 
पूर्व लडाकूहरुले सरकारलाई तत्काल अयोग्य भन्ने शब्दावली नै हटाउन माग गरेको छ । सरकारले अयोग्य भन्दै लडाकूहरुलाई सीमित रकम दिएर अवकास समेत गरिसकेको छ । तर उनीहरूले भने अयोग्य भन्ने शब्दमाथि नै आपत्ति जनाएका छन् । 
 
त्यस्तै, उनीहरूले जनसेनाहरूलाई उनीहरूले परिवर्तनकोलागि गरेको योगदानको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गरियोस् भन्ने माग पनि राखेका छन् । 
 
त्यस्तैगरी, पारदर्शीतामूलक र सहभागितामूलक राहतको प्याकेज दिन पनि उनीहरूले सरकारसँग माग गरेका छन् । सरकारले मुलुकलाई धेरै ढाँटेको भन्दै अब केही गरेर देखाउन पनि उनीहरूले सरकारलाई आग्रह गरेका द्धन् भने गणतन्त्र ल्याउनकोलागि आफूहरूको योगदानकको वास्ता नगरीएकोमा पनि उनीहरूले आपत्ति जनाएका छन् । 
 
लोकमानको महाभियोग प्रस्ताव तत्काल पारित गराउन दबाब दिँदै उनीहरूले भनेका छन् ‘लोकमानतन्त्रबाट देशको लोकतन्त्र जोगाऔं ।’ अहिले माओबादी केन्द्रकै नेतृत्वमा सरकार चनिरहेको छ भने त्यसको नेतृत्व पाटी अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ