arrow

बहिर्गमित पूर्व लडाकुले प्रहरीलाई धम्क्याउँदै भने, पेरिसडाँडा ध्वस्त पार्छौँ

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
party_office.jpeg

काठमाडौं । बहिर्गमित पूर्व माओवादी लडाकुले सत्ताधारी माओवादी केन्द्रको पार्टी मुख्यालय नै कब्जा गरेका छन् । उनीहरुले प्रहरी प्रशासनले बल प्रयोग गरे पेरिसडाँडानै ध्वस्त पारिदिने चेतावनी दिएका छन् । बाहिरबाट कसैलाई प्रवेश गर्न नदिई भित्रबाट गेट लगाएर बसेको पूर्व लडाकुले प्रहरीलाई धम्क्याउँदै भने, ‘यदी जबरजस्ती गर्न खोजे हामी पेरिसडाँडानै ध्वस्त पार्छौैँ होसियार ।’

महानगरिय प्रहरी वित्त बानेश्वर तीनकुनेबाट खटिएका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले पटक–पटक गेट खोल्न आग्रह गर्दा उनीहरुले मानेनन् । प्रनाउ चिमोरियाले पटक–पटक भाइहरु हो म तिमीहरुसँग कुरा गर्नु आएको हुँ भने । तर, उनीहरुले तपाईहरुसँग के कुरा गर्ने ? तपाईहरुसँग केही लिनु दिनु छैन भने । तीन महिनाको बच्चा काखमा राखेर कयौं महिला लडाकू पार्टी मुख्यालयको परिसरमा देखिए । थपिने क्रम पनि जारी थियो ।

चिसोमा कोही भित्र थिए । कोही बाहिरै । प्रहरीको सँख्या जसो जसो बाक्लिँदै थियो उनीहरु कार्यालको छतमा गएर होसियार भन्दै थिए । उक्त आन्दोलनको नेतृत्व बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेलिन विष्टले गरेका छन् ।

उनले भने, ‘हामीले कुनै नेताको फोन पनि उठाएका छैनौं । हामीले उठाएका माग पूरा गर्न प्रधानमन्त्री स्वयं वा सम्बन्धित मन्त्री र पार्टीका जिम्मेवार नेताहरु आउनु पर्छ ।’सुरक्षाकर्मीसँग वार्ता हुँदैन । उनको नेतृत्वमा ३ सय बढी लडाकुले पेरिसडाँडा कब्जा गरेका छन् ।

यद्यपि, पूर्वलडाकूबीचमै पनि दुई खेमा देखिएका छन् । अर्को लडाकू समूहका संयोजक अर्जुन बुढाथोकीबारे पनि चर्चा हुँदै थियो । बुढाथोकीको समूहका लडाकू भने नआएको एक सदस्यले बताए ।  
 

के हुन् माग ?
पूर्व लडाकूहरुले सरकारलाई तत्काल अयोग्य भन्ने शब्दावली नै हटाउन माग गरेको छ । सरकारले अयोग्य भन्दै लडाकूहरुलाई सीमित रकम दिएर अवकास समेत गरिसकेको छ । तर उनीहरूले भने अयोग्य भन्ने शब्दमाथि नै आपत्ति जनाएका छन् । त्यस्तै, उनीहरूले जनसेनाहरूलाई उनीहरूले परिवर्तनकोलागि गरेको योगदानको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गरियोस् भन्ने माग पनि राखेका छन् ।


 त्यस्तैगरी, पारदर्शीतामूलक र सहभागितामूलक राहतको प्याकेज दिन पनि उनीहरूले सरकारसँग माग गरेका छन् । सरकारले मुलुकलाई धेरै ढाँटेको भन्दै अब केही गरेर देखाउन पनि उनीहरूले सरकारलाई आग्रह गरेका द्धन् भने गणतन्त्र ल्याउनकोलागि आफूहरूको योगदानकको वास्ता नगरीएकोमा पनि उनीहरूले आपत्ति जनाएका छन् ।

लोकमानको महाभियोग प्रस्ताव तत्काल पारित गराउन दबाब दिँदै उनीहरूले भनेका छन् ‘लोकमानतन्त्रबाट देशको लोकतन्त्र जोगाऔं ।’ अहिले माओबादी केन्द्रकै नेतृत्वमा सरकार चनिरहेको छ भने त्यसको नेतृत्व पाटी अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ