arrow

सुदूरपश्चिममा सिप्रदीले गर्‍यो टाटा गाडीबारे जानकारी दिन भेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
sipradi-dhangadhi-2080.jpg

धनगढी । सिप्रदी अटोपार्टस प्रालिले मंगलबार सुदूरपश्चिम प्रदेशको धनगढीमा टाटा गाडीहरुसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरुको भेला आयोजना गरेको छ । 

सिप्रदीले यो भेलाको प्रमुख उद्धेश्य टाटाका सामानहरु सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकलाई अधिकतम फाइदा उपलब्ध गराउने रहेको जनाएको छ । 

यो कार्यक्रममा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नुका फाइदाहरुको बारेमा प्रकाश पारे । 

सो कार्यक्रममा करिब ५० जनाको उपस्थिति थियो र कार्यक्रम सिप्रदी अटोपार्टस्का क्षेत्रीय प्रबन्धक डम्बर चन्दले गरेका थिए । साथै उत्कृष्ठ काम गर्ने टाटा गुरु तथा पार्टस्का वितरकलाई उपहारसहित सम्मान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ