arrow

एनएसएलमा पोखरा शीर्ष स्थानमा, चितवन र लुम्बिनी भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
nsl-pokhara-ilam-2080.jpg

काठमाडौँ । नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । पोखराका लागि दोस्रो हाफको शुरुमै सञ्जीव विष्टले गोल गरे । 

उनले खेलको ४७ औँ मिनेटमा गरेको एक गोल नै पोखराको लागि निर्णायक गोल सावित भयो ।

यस जितसँगै चार खेल खेलको पोखरा थन्डर्स ८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

त्यस्तै स्पोर्टिङ इलाम भने समान चार खेलबाट ३ अङ्कसहित छैटौँ स्थानमा छ । 

उक्त प्रतियोगितामा आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ