arrow

मिचाङ आँधीको प्रभाव नेपालमा पनि, उपत्यकामा दिनभर बदली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
kathmandu-dust-2080-08-19a-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचाङ नामक शक्तिशाली सामुद्रिक आँधीकोसमेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

 काठमाडौँ उपत्यका कठ्याङ्ग्रिदो अवस्थामा रहेको छ । बिहान घाम लाग्ने कुनै छाँट देखाएको छैन भने भिजिबिलिटी पनि कम रहेको छ । बिहान ८ः०५ बजेको भिजिबिलिटी ३ हजार ५ सय मिटर रहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । 

आज दिनभरिजसो नै उपत्यकामा बदली रहने उनले बताए । वर्षा हुने सम्भावना भने नरहेको उनको भनाइ छ । रातिदेखि सुधार हुँदै भोलिदेखि भने मौसम खुल्ने उनले बताए । मौसम बदली भए पनि बिहानको न्यूनतम तापक्रम भने १० डिग्री सेल्सियस रहेको छ । 

बाहिरी जिल्लाहरुमा अहिले कहीँ कतै वर्षा नभएको उनले बताए । 

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी, मधेश ,बागमती  र गण्डकी  प्रदेशमा आंशिक  देखी सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ