arrow

प्रिमियर लिगमा म्यानसिटी पराजित, म्यानयूले हरायो चेल्सीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
manutd-2023-12-06.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी हुँदा म्यानचेस्टर सिटी भने पराजित भएको छ । 

गएरातिको खेलमा म्यानयूले चेल्सीमाथि २–१ को जित निकाल्यो । घरेलु मैदानमा म्यानयूलाई जिताउन स्कट म्याक टोमिनेले दुवै गोल गरे । चेल्सीलाई कोल पाल्मरले सान्त्वना गोल फर्काएका थिए । 

त्यस्तै म्यानसिटीले एन्टनभिल्लासँग हार बेहोरेको हो । भिल्लाको घरेलु मैदानमा भएको खेलमा सिटी १–० ले पराजित भयो । लियोँ बेलीले निर्णायक गोल गरे । 

लिभरपुलले शेफिल्ड युनाइटेडलाई २–० ले हरायो । त्यस्तै ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ ले, बर्नमाउथले क्रिष्टल प्यालेसलाई २–० ले, फुल्हमले नटिंघम फरेस्टलाई ५–० ले हरायो । 

अंक तालिका 
यी खेलपछि आर्सनल १५ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा रहेको छ । लिभरपुल १५ खेलबाट ३४ अंकसहित दोस्रो स्थानमा छ । 

एस्टन भिल्ला १५ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा रहँदा म्यानचेस्टर सिटी १५ खेलबाट ३० अंकसहित चौथो स्थानमा झरेको छ । 

टोटनह्याम हट्सपर १४ खेलबाट २७ अंकसहित पाँचौँ, म्यानचेस्टर युनाइटेड १५ खेलबाट २७ अंकसहित छैटौँ तथा न्यूकासल युनाइटेड १४ खेलबाट २६ अंकसहित सातौँ स्थानमा छ । 

२० टोली सहभागी लिगमा एभर्टन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ