arrow

अमेरिकी निर्वाचनमा आफ्नो भूमिका छैनः रुस

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
US-election.jpeg
मस्को । रुसले अमेरिकी निर्वाचन अभियानमा हस्तक्षेप गर्ने अधिकार पनि नरहेको र इच्छा पनि व्यक्त नगरेको जनाएको छ । रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी निर्वाचन ‘अमेरिकीहरुको आन्तरिक मामिला’ भएको तर त्यहाँ कैयौँ समस्याहरु बाहिर आएको बताए । 
 
उनले अमेरिकी विभिन्न समूहले रुसको अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग मुछेर हेरिएको भन्दै रुस कसैको पक्षमा नलागेको बताए ।
 
जुलाईमा अमेरिकी डेमोक्रेटिक नेसनल कमिटीका इमेल चुहावट भएपछि यसमा अमेरिकी राजनीतिज्ञले रुसी ह्याकरलाई दोष लगाएका र राष्ट्रपति बाराक ओबामाले अमेरिकी निर्वाचनमा रसियाले प्रभाव पार्नसक्ने भनी प्रतिक्रिया दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ