arrow

पाथीभरा क्षेत्रमा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
pathivara-snow.jpg
तस्बिर-फाइल

ताप्लेजुङ । ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । 

साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन् । 

वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी पालुंवाले बताए । 

पाथीभरामा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । 

हिउँ पर्न सुरु भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्रमा काम गर्दै आएका राजेन्द्र महतले जानकारी दिए ।
 
उता, जिल्लाका उच्च क्षेत्र घुन्सालगायत ठाउँमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ । 

हिउँद लागे यता सदरमुकामसहितका क्षेत्रमा सामान्य वर्षा हुँदा किसानलाई भने फाइदा पुगेको छ । 

वर्षाले हिउँदे बालीनालीमा सिँचाइ पुग्ने भएकाले किसानलाई फाइदा पुगेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ