arrow

एनएसएलमा चितवन र बुटवलले खेले बराबरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
nsl-chitwan-lumbini.jpg

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् । बिहीबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

१–० ले पछि परेको बुटवल लुम्बिनीका लागि स्टेफेन समिर बिनोंगले खेलको ९० औँ मिनेटमा गोल गर्दै खेल बुटवल लुम्बिनीलाई हारबाट जोगाएका थिए ।

यसअघि एफसी चितवनका लागि खेलको ४८औँ मिनेटमा उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् । यो खेलपछि एफसी चितवनको ४ खेलमा ५ अंक भएको छ भने बुटवल लुम्बिनीको ४ खेलमा ४ अंक भएको छ ।

शुक्रबार वीरगञ्ज युनाइटेड र झापा एससीबीच खेल हुँदैछ ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ