arrow

समिति बनाएर मुलुकमाथि गद्दारी गर्ने कसैलाई उन्मुक्ति दिने काम नहोस्– अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
arjunnarasingh-kc-parliament-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले भ्रष्ट र अपराधी चोख्याएर घटना सामसुम पार्नका लागि छानबिन समितिहरु बनाइँदै आएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । 

सामाजिक संजालमा लेख्दै उनले यसरी गरिने छानबिन समितिमा जनताले विश्वास नगरेको बताएका छन् । उनले लेखेका छन्, ‘गम्भीर आर्थिक अपराध, भ्रष्टाचार वा राष्ट्रहित विपरीत घटेका घटनाहरू छानबिनको निमित्त समिति वा आयोगहरू त बन्छन् तर अपराधी चोख्याउने र सामसुम बनाउने नाटक मञ्चन मात्र हुन्छ भन्ने आम अविश्वास छ ।’

नेता केसीले भ्रष्टाचारविरूद्ध निरन्तर भाषणको प्रतिस्पर्धा भए पनि मौकामा ‘तँ पनि चुप म पनि चुप’ वाला वा नीतिगत जामा पहिर्याएर उन्मुक्ति दिने र भ्रष्टाचारी संरक्षण गर्ने गज्जबको सहमति देखिँदै आएको उल्लेख गरेका छन् । 

उनले अगाडि भनेका छन्, ‘एनसेल भ्रष्टाचार काण्ड राज्य राज्य  र राजनीतिक शक्तिको बरद हस्त बिना सम्भव छैन । हालै संसदका समितिहरु, सडक, सञ्चार जगत र आम जनमानसमा एनसेल खरिद बिक्रीमा भएको अर्बौँ (झण्डै खर्बौँ) रुपैयाँ भ्रष्टाचारको विरूद्धको जनमतलाई छल्नेमात्र प्रयास गरिँदैछ भन्ने आम आशंका छ।’

नेता केसीले जुनसुकै ओहदा, पार्टी र पक्षको भए पनि यो घटनाको सत्य, तथ्य जन समक्ष ल्याउने र कारबाही गर्ने कार्यमा कुनै सम्झौता हुन नहुनेमा जोड दिएका छन् । 

उनले भनेका छन्, ‘प्रथम ग्रासे मक्षिका पाते’भने झै  ५५ औँ महालेखा प्रतिवेदन तयार गर्दा एनसेलको विवरण हटाइएको चर्चा र अविश्वाससँग यसको परिणाम नजोडियोस् । कसैलाई चोक्याउन वा जोगाउने प्रयासको मुखौटो यो समिति नबनोस् । मुलुकमाथि गद्दारी गर्ने कसैलाई उन्मुक्ति दिने काम नहोस् । अन्यथा यसलाई जनस्तरबाटै प्रतिरोध गर्नु जरूरी छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ