arrow

एनएसएलमा झापा र वीरगञ्जको बराबरी, शनिबार दुई खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
nsl-jhapa-birjung.jpg

काठमाडौँ । नेपाल सुपर लिग एनएसएल फुटबलमा एफसी झापा र वीरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा झापा र वीरगञ्जले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

योगेश गुरुङ्ग ७३ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि झापा १० खेलाडीमा सीमित बनेको थियो । तर यसको फाइदा वीरगञ्जले उठाउन सकेन । 

यो खेलपछि झापाले ४ खेलबाट ३ अंक जोडेको छ । पुछारको वीरगञ्जको २ अंक भएको छ ।

शनिबार दुई खेल
एनएसएल अन्तर्गत शनिबार दुई खेल हुने छन् । शनिबार पहिलो खेल काठमाडौँ रेजर्स र बुटवल लुम्बिनी एफसीबीच हुने छ भने दोस्रो खेल धनगढी एफसी र स्पोर्टिंग इलामबीच हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ