arrow

तराइमा हुस्सु तथा हिमाली भागमा हिमपात हुने, काठमाडौँमा चिसो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
ai-kathmandu-valley.jpg
तस्बिर–काठमाडौँ उपत्यका, एआईबाट उत्पादित ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तीसगढमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौँ उपत्यकाको मौसम सुधारको क्रममा रहेको छ । शनिबार बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको मौसमविद् शरद पुडासैनीले बताएका छन् । उनका अनुसार रहेको आंशिक बदली सुधार हुँदै जाने क्रममा रहेको छ । 

आज वर्षाको सम्भावना भने छैन । बिहान ७ बजेको भिजिबिलिटी ४.५ किलोमिटर रहेको छ । चिसो भने बढ्दो क्रममा रहने छ । 

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ