arrow

कर्मचारी संगठन निर्वाचन : मलेपकामा नेतृत्व दोहोर्‍याउन कसरत

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
NGEO1.jpeg
काठमाडौ । नेपाल निजामती कर्मचारी संगठनमा चुनावी माहोल तातेको छ । सोमबारदेखि सुरूभएको संगठनको देशव्यापी अधिवेशनको क्रममा मंगलबार महालेखा परीक्षकको कार्यालयमा अधिवेशन हुँदैछ । अधिवेशन सुरू भएको दोस्रो दिन महालेखा परीक्षकको कार्यालय विभागीय समितिमा पुरानै नेतृत्व फेरि दोहोरिने सम्भावना रहेको समितिका एक अधिकारीले जानकारी दिए । 
 
अहिलेसम्म प्राप्त जानकारीका अनुसार संगठनमा अध्यक्षको रूपमा पुनः जयानन्द पाण्डेलाई निर्वाचित गर्न लगभग सबै सहमत रहेका छन् । तर, मोटामोटी छलफलमा अध्यक्षकोलागि कोहीपनि अन्य आकांक्षी रहेकोले सर्वसम्मत नेतृत्वको सम्भावना देखिएको कर्मचारी स्रोतको भनाई रहेको छ । 
यसकोलागि विहानैदेखि विभागीय कार्यसमितिको कार्यालयमा प्रतिनिधिहरूबीच छलफल भईरहेको छ । अध्यक्षबाहेकको पदमा भने को के मा उठ्ने भन्नेकुरा खुलाईएको छैन ।
 
उता केन्द्रीय प्रतिनिधिकोलागि भने आईतबार अबेरसम्म पनि सहमति जुट्न सकेको छैन । एकजना खुल्ला प्रतिनिधि जान पाउनेमा ४ जनाले आकांक्षा देखाएपछि सहमति हुन नसकेको हो । केन्द्रीय प्रतिनिधिकोलागि अहिले कृष्ण दाहाल, शिव आचार्य, टीकानाथ अर्याल, केदार खकुरेलले आकांक्षा देखाएका छन् । त्यस्तै महिला प्रतिनिधिमा भने कल्पना अर्यालको मात्रै उम्मेदवारी पर्ने लगभग पक्कापक्की जस्तै रहेको स्रोतको भनाई रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ