arrow

फुङ्लिङमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २३ शनिबार
fire-fungling-2080-08-23.jpg

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ५ स्थित घरमा शनिबार बिहान आगलागी भएको छ । उक्त आगलागी भएसँगै सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाएका छन् ।

आगो लाग्दा त्यो घर नष्ट भएको छ भने रु पाँच लाख बराबरको क्षति भएको छ । 

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए । 

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ