arrow

प्रचण्ड र ओलीबीच दुई घण्टा लामो वार्तामा के भयो ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
kp-oli-01-20.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो । 

भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । 

उनले संसद्को बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे ।

उनले भने – ‘संसद्को अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो । संसद्को मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:४० बजे पुगेका ओली दिउँसो १:५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ