arrow

लोडसेडिङ चाँडै शुरु हुने वैकल्पिक उर्जा व्यवसायीको विश्वास !

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
LoadSheding.jpg.jpeg
काठकाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने प्रयास सुरूगरेको छ । १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली नागरिकहरू पूर्णतः बैकल्पिक उर्जाको प्रयोगमा बढी आकर्षित हुन थालिरहेको बेलामा नेपाल विद्युत प्राधिकरणले एक्कासी उपत्यकालाई लोडसेडिङ मुक्त राख्ने तयारी गरेपछि अहिले वैकल्पिक उर्जा व्यवसायीहरू भने मर्कामा पर्ने महशुस गरिरहेका छन् । 
 
व्यवसायीहरूका अनुसार अहिले देशभरी नै वार्षिक खपत हुने विद्युतलाई औपतमा निकाल्ने हो भने दैनिक १०–देखि १५ करोडको हाराहारीमा वैकल्पिक उर्जाको विक्री वितरण हुने गरेको छ । जुन इन्भर्टर, चार्जबाट बल्ने लाईट लगायत रहेका छन् ।
 
त्यसमा पनि व्यापारीहरू भन्छन् सबैभन्दा बढी अपत हुने समय भएकोले जाडो महिनामा यस्ता बैकल्पिक उर्जाका सामानहरू बढी खपत हुने गरेको छ । त्यसकोलागि व्यापारीहरूले अहिले नै सामान किनेर बजारमा भित्र्याईसकेका छन् । यसरी जाडो मौसममा नै सरकारले लोडसेडिङ बन्द गरिदिँदा उनीहरू समस्यामा पर्छन् भन्ने सोचाई सबैमा पर्छ नै । 
 
तर, व्यवसायीहरू भने यसमा चिन्तित छैनन् । त्यसो त उनीहरूको चिन्ता मुलुक लोडसेडिङ मुक्त हुनु राम्रो कुरा हो भनेर मात्रै नभएर सरकारले यस्ता प्रतिवद्धता पूरा गर्न तत्कालै सक्छ भन्ने नलागेर मात्रै हो । नेपाल सोलार विद्युत उत्पादक स‌ंघका वरिष्ठ उपाध्यक्ष इन्द्र खनालले यस्तो घोषणा सरकारले परापूर्वकालदेखि नै गर्दै आएको भन्दै यो लागू हुन्छ भन्ने आफूहरूलाई विश्वास नरहेको बताए । 
 
‘लोडसेडिङमुक्त हुनु आफैंमा राम्रो कुरा हो’ उनले भने ‘हामी आफ्नो व्यवसाय भन्दा पनि मुलुकको सर्वापरी विकासलाई महत्वकासाथ हेर्छौ, तर सरकारको यो घोषणा लामो समयसम्म टिक्नेमा भने विश्वास छैन ।’तुलनात्मक रूपमा केही घाटा हुनेभएपनि त्यस्तो आत्तिनुपर्ने अवस्था भने नरहेको उनको भनाई थियो । 
 
त्यस्तै तापीय उर्जा संघका अध्यक्ष केआर खनालले पनि यो घोषणा लामो समयसम्म टिक्नेमा आफू विश्वस्थ हुन नसकेको बताए । नदीमा पानीको बहाब बढेको, कुलेखानीको रिजर्भ पानी खर्च गरेको र तिहारकोबेला उद्योगधन्दा नचलेको समय पारेर जोगिएको विद्युत खपत गर्दैमा सधैंभरीकोलागि लोडसेडिङ अन्त्य गर्न नसकिने उनको भनाई थियो ।
 
उनले लोडसेडिङ अन्त्य भएपनि तापीय उर्जाको प्रयोज बुझेका उपभोक्ताहरू विद्युतको विकल्पमा पनि यसको प्रयोग गर्नेभएकोले आफूहरूलाई घाटा भने नहुने उनको भनाई थियो । एकपटक किनेपछि सधैंभरीको पैसा नतिरी उर्जाप्रयोगगर्न पाउनेभएकोले पनि यसको महत्व बढेको उनको भनाई रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ