arrow

देउवा र मोदीबीच भेटवार्ता

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
Modi_Deuba.jpeg
काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भेटवार्ता भएको छ । सभापति देउवा गत शुक्रबार तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् । 
 
गोवास्थित इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडियाज कनक्लेभ’ नामक कार्यक्रममा सहभागी हुन देउवा भारत गएका हुन् । कार्यक्रममा देउवाले पनि सम्बोधन गरेका थिए । 
 
गोवाको कार्यक्रममा सहभागी भएर देउवा दिल्ली फर्किएका हुन् । प्रधानमन्त्री मोदीसँगको भेटपछि देउवाले भारतीय जनाता पार्टीका अन्य नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ