arrow

एनसेल प्रकरणमा प्रचण्डलाई मुछिएको भन्दै सचिवालयले गर्‍यो खण्डन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
prachanda-ncell-barhakhari-golf.jpg
तस्बिर फाइल

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । 

केही दिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुष्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । 

यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुट्टा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरे । 

कानुन विपरीत एनसेलको शेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैर कानुनी कार्य रोक्न लागि परेको सरकारविरुद्ध नै झुट्टा प्रचारबाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ