arrow

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई न्याय दिलाउन सरकार निरन्तर प्रयासरत : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
prachanda-human-right.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन संशोधन गरी पीडितलाई अनुभूत हुने गरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको बताएका छन् । 

राष्ट्रिय मानव अधिकार आयोगले ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रचण्डले राजनीतिरूपमा पनि आफूले प्रयास गरिरहेको बताए । 

उनले विद्यमान कानुनमा सर्वोच्च अदालतको आदेश आयोगको सुझाव तथा सिफारिस अनुसार परिमार्जन हुने बताए । उनले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन ढिला भएको पनि धारणा राखे ।

उनले आयोगलाई सशक्त र प्रभावकारी बनाउन सरकारबाट हर सम्भव सहयोग हुने बताए । उनले सरकार मानव अधिकार संरक्षणप्रति प्रतिबद्ध रहेको र मानव अधिकारको संरक्षणका लागि संविधानमा नै ३१ वटा मौलिक हकको व्यवस्था गरिएको बताए । 

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस १५.३ प्रतिशत मात्र पूर्ण रूपमा कार्यान्वयन भएका बताउँदै संवैधानिक आयोगका सिफारिस कार्यान्वयनलाई प्राथमिकतामा राख्न आग्रह गरे । 

उनले २०७२ को भूकम्पका कारण क्षति भएको आयोगको भवन निर्माण नहुँदा दैनिक कार्यसम्पादनमा प्रभावित भएको गुनासो गरे । 

अध्यक्ष मगरले सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएकाले त्यससम्बन्धी प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ