arrow

कांग्रेस नेता सिटौलालाई जन-आन्दोलन स्वर्ण पदक प्रदान गरिने

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
Sitaula.jpg.jpeg
काठमाडौ । सर्वमान्य नेता गणेशमान सिंहको जन्म जयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा पूर्वउपप्रधानमन्त्री एवं पार्टीका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई जन आन्दोलन स्वर्ण पदक प्रदान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डरीबाट कार्तिक २४ गते नेता सिटौलालाई सो पदक प्रदान गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । 
प्रतिष्ठानले आफ्नो स्थापनाकाल २०६३ देखि हरेक वर्ष गणेशमान सिंहको जन्म जयन्तीको अवसरमा जन आन्दोलन एवं राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्‍याउने लोकतान्त्रिक योद्धालाई जनआन्दोलन स्वर्ण पदकले विभूषित गर्दै आएको छ । 
 
तात्कालीन राजा ज्ञानेन्द्र प्रतिगमन विरुद्धको २०६२-६३ को संयुक्त जनआन्दोलनको संयोजकको रुपमा आन्दोलनरत दलहरुलाई नेतृत्व प्रदान गर्दै विघठित प्रतिनिधिसभालाई पुर्नस्थापित गरान सिटौलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
 
साथै माओवादीको १२ वर्ष लामो सशस्त्र संघर्षको कारण राष्ट्रियता र प्रजातन्त्रलाई जोगाउन र सशस्त्र आन्दोलन अन्तर्गत तत्कालिन आन्दोलनका सर्वोच्व कमान्डर एंव नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको अगुवाईमा सिटौलाकै सक्रियतामा माओवादी नेता पुष्पकमल दाहाल र कोइरालाको बीचमा भएको १२ बुँदे शान्ति सम्झौता कार्यान्वयन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनुमा सिटौलाले विशेष योगदान पुर्‍याएको प्रतिष्ठानको ठहर छ। 
 
२०६२-६३ को जनआन्दोलनको उपलब्धीलाई संस्थागत गर्नको लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न संविधान मस्यौदाको समितिको संयोजकको हैसियतले उनले गहन जिम्मेवारी निर्वाह गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ