arrow

बम विष्फोटमा ३२ भारतीय शान्ति सेना घाइते, एक नाबालको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
indin-sena-news.jpeg

एजेन्सी । पूर्वी कंगोस्थित गोमामा एक शक्तिशाली बम विस्फोट हुँदा ३२ जना भारतीय शान्ति सेना घाइते भएका छन् । मंगलबार बिहान भएको सो विष्फोटमा एक जना नाबालको मृत्यु भएको कंगोस्थित सयुक्त राष्ट्र संघ शान्ति मिसनलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ ।

सो विस्फोट भारतीय शान्ति सेना बिहानको दौडमा निक्लिएको समयमा भएको हो । एक जना प्रत्यक्षदर्शीले रोयटर्ससँग कुरा गर्दै विष्फोटको आवाज र चिचावट सुन्नवित्तिकै आफु घटना स्थलमा पुगेको बताएका उनले तीनजना शान्ति सेनाको मृत्यु भएको समेत जनाएका छन् । यद्यपि, शान्ति सेनाको मृत्युको आधिकारीक पुष्टि भने भएको छैन ।

विष्फोट कै कारणले भएको भन्ने अहिलेसम्म थाहा नभएको र त्यसबारे सेनाले अनुसन्धान गरिरहेको छ ।  कंगोमा सयुक्त राष्ट्र संघ अन्तर्गत करिब १८ हजार शान्ति सेना छन् । १९९६ देखि २००३ सम्ममा कंगोमा क्षेत्रीय द्वन्द्वका कारण कयौंको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ