- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । उदारवादी राजनीतिज्ञ तथा अर्थशास्त्री जेभियर माईलीले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गरेका छन् ।
देशको राजधानी ब्युनस आयर्समा आइतबार आयोजित एक समारोहमा उनले अर्जेन्टिनाको राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन् ।
राज्यका निः वर्तमान प्रमुख अल्बर्टो फर्नान्डेजले राष्ट्रपतिको पदभार हस्तान्तरण गर्दै माईलीलाई नेतृत्वको लागि बधाई दिए।
माईलीको कार्यकाल (डिसेम्बर १०, २०२७ सम्म) चार वर्षसम्म रहनेछ ।
भिक्टोरिया भिल्लारुएलले उपाध्यक्षको रूपमा शपथ ग्रहण गरे ।