arrow

सहमति र सहकार्यका आधारमा राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना गरौँ: कमल थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
kamal-thapa-aawahan.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सङ्घीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । 

सङ्घीय गणतन्त्र, भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरित भएको उनको आरोप छ । 

अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सको विकल्पमा नेपाली जनताको चाहनाअनुरूप राजासहितको हिन्दूराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे। 

उनले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापना राजनैतिक दलहरू तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए । 

उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दूराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ